काठमाडाैं, फागुन २०
नेकपा (एमाले)ले राष्ट्रिय सभामा दलको प्रमुख सचेतकमा भगवती न्यौपानेलाई मनोनयन गरेको छ ।
एमालेका सङ्घीय संसदीय दलका नेता केपी शर्मा ओलीले उनलाई राष्ट्रिय सभाका प्रमुख सचेतकमा आज मनोनयन गरेका हुन् ।
राष्ट्रिय सभामा पार्टीका तर्फबाट प्रमुख सचेतक रहेका भैरवसुन्दर श्रेष्ठको कार्यकाल आज समाप्त भएकाले सांसद न्यौपानेलाई मनोनयन गरिएको हो ।
एमाले केन्द्रीय सदस्य न्यौपाने तनहुँबाट राष्ट्रिय सभामा प्रतिनिधित्व गर्छिन् ।








