बर्दिया, २० फागुन
बर्दियामा १३ वर्षिया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा ३० वर्षीय पुरुषलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बारबर्दिया नगरपालिका-२ गौरिपारा बस्ने बिकाश थारू रहेका छन् ।
थारूले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय बानियाभारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।








