मोरङ, १८ फागुन
मोरङमा १७ वर्षीय किशोरीलाई बलात्कार गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा बेलबारी नगरपालिका – २ का २२ वर्षीय अभिषेक श्रेष्ठ रहेका छन् ।
श्रेष्ठले ती किशोरीलाई मंगलवार आफ्नै घरमा जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा उनलाई बिहीवार दिउँसो पक्राउ गरिएको हो ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।








