काठमाडौं, फागुन ३-
आईसीसी विश्वकप अन्तर्गत आइतबारको खेलमा वेस्ट इन्डिजसँग नेपालले फराकिलो हार व्यहोरेको छ । वेस्ट इन्डिजले ९ विकेटले जितेको हो ।
मुम्बईको वानखेडे रंगशालामा टस जितेर वेस्ट इन्डिजले पहिले फिल्डिङ गरेको थियो । पहिले ब्याटिङ गरेको नेपालले प्रस्तुत गरेको १३४ रनको लक्ष्य वेस्ट इन्डिजले १५ ओभरमा २ बलमा १ विकेटको क्षतिमा भेट्टायो ।
आजको खेलमा ब्याटिङ र बलिङ दुवैमा नेपाल कमजोर देखियो । बलिङतर्फ नेपालका नन्दन यादवले ओपनर ब्रान्डन किङको एक विकेट लिए । अन्य बलर विकेटविहीन रहे ।
यस्तै समूहको लगातार तेस्रो खेलमा पराजित भएसँगै नेपाल बाहिरिएको छ। नेपाल स्कटल्यान्डसँगको समूह सी को अन्तिम खेलअघि नै सुपर-८ मा नपुग्ने निश्चित भएको हो।
यसअघि इंग्ल्यान्डसँग इटाली सँग पराजित भएको नेपाललाई आज (आइतबार) वेस्ट इन्डिजले ९ विकेटले पराजित गर्यो। लगातार तीन जित निकालेको वेस्ट इन्डिज भने सुपर-८ मा पुगेको छ। यसअघि उसले स्कटल्यान्ड र इंग्ल्यान्डलाई हराएको थियो।








