१७ फागुन, काठमाडौं ।
संसद भवन परिसरमा प्रवेश गरेको आरोपमा पक्राउ परेका लघुवित्तका ऋणीहरुलाई रिहा भएका छन् ।
जिल्ला प्रशासन कार्यालय, काठमाडौंले हाजिर जमानीमा छाडेको जिल्ला प्रहरी परिसर, काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए ।
देशका विभिन्न स्थानबाट काठमाडौं आएका लघुवित्त ऋणीहरु १४ फागुनमा संसद भवन परिसरमा प्रवेश गरेर नाराबाजी गरेका थिए ।








