सिरहा, १५ फागुन
२१ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा ३७ वर्षीय युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा धनगढीमाई नगरपालिका-१० बस्ने अशाराम दास रहेका छन्। उनलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरिएको हो ।
दासले ती किशोरीलाई ललाई फकाई आइतबार बेलुकी सोही नगरपालिका-१० धनगढीस्थित आँपको बगैँचामा लगेर जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।








