काठमाडौँ, १५ फागुन
सरकारले सिंहदरबारको फुटपाथमा आजबाट हिँडडुल गर्न रोक लगाएको छ ।
सिंहदरबारसँगै टाँसिएको फुटपाथ डोरी टाँगेर विपरीत दिशाको फुटपाथ प्रयोग गर्न भनिएको छ ।
कडा सुरक्षाबिच पनि सोमबार मिटरब्याजी पीडितहरू एकाएक संसद् भवन बानेश्वरमा छिरेर नाराबाजी गरेपछि अल्तालिएको सरकारले निषेधित क्षेत्र भएकाले विपरीत दिशाको फुटपाथ प्रयोग गर्न सर्वसाधारणसँग अपिल गरेको हो ।








