काठमाडौँ, १२ फागुन
काठमाडौँको थापाथलीस्थित प्रसूति गृहबाट शुक्रबार शिशु अपहरण गरेर पक्राउ परेकी महिला अस्पताल भर्ना भएकी छिन् ।
दैलेखकी मनकुमारी सिंह अस्पताल भर्ना भएको काठमाडौँ प्रहरीले जानकारी दिएको छ ।
प्रहरीका अनुसार उनको पाठेघरबाट रक्तस्राव भएर बिरामी भएपछि अस्पताल भर्ना गरिएको हो ।
काभ्रेको चौरीदेउराली गाउँपालिका–३ घर भएर कपन बस्ने २२ वर्षीया सविना श्रेष्ठको बच्चा शुक्रबार अपरिचित महिलाले चोरेर भागेकी थिइन् । शुक्रबार राति ११:४५ बजे प्रहरीको टोलीले काँडाघारीस्थित कोठामा पुगेर बालिकालाई उद्धार गरेको हो ।








