काठमाडौं, १० फागुन
प्रमुख प्रतिपक्षी नेकपा एमालेले बिभिन्न प्रकरणमा मुछिएका तीन मन्त्रीको राजीनामा माग गरेको छ ।
बिहीबार प्रतिनिधिसभा बैठक सुरु हुनेबित्तिकै एमाले सांसदहरुले उठेर विरोध जनाएपछि सभामुखले एमाले सांसद रघुजी पन्तलाई बोल्न समय दिएका थिए ।
पन्तले बालकुमारी घटनाका दोषी भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला, टेरामक्स प्रकरणमा मुछिएका स्वास्थ्य मन्त्री मोहन बस्नेत र रामग्राम लिज प्रकरणमा पर्यटनमन्त्री सुदन किरातीको राजीनामा माग गरेका थिए ।
पन्तले भ्रष्ट मन्त्रीलाई क्याबिनेटमा राखेर प्रचण्डले सुशासनको मजाक उडाइरहेको आरोप लगाए । उनले प्रचण्डलाई कायर प्रधानमन्त्रीको संज्ञासमेत दिएका थिए ।








