काठमाडौँ, ८ फागुन
नेपाली कांग्रेसको महासमिति बैठकअन्तर्गत बन्दसत्र सुरु भएको छ । ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रको हलमा बन्दसत्र सुरु भएको हो ।
बन्दसत्र सुरु भएलगत्तै उपसभापति पूर्णबहादुर खड्काले नीति प्रस्ताव वाचन गरेका छन् । आजै महामन्त्री गगनकुमार थापाले सांगठनिक प्रस्ताव पेस गर्नेछन् ।
फागुन १० गतेसम्म चल्ने महासमिति बैठकमा मंगलबारदेखि विभिन्न समूहमा रहेर उल्लेखित प्रस्तावहरुमाथि छलफल सुरु हुनेछ ।








