मोरङ, ७ फागुन
मोरङमा १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा ४१ वर्षीय पुरुषलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा उर्लावारी नगरपालिका-५ मिलन चोक बस्ने रविन गुरूङ रहेका छन् । उनलाई ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
गुरूङमाथि किशोरीलाई ललाई फकाई प्रलोभनमा पारी उर्लाबारी नगरपालिका-४ स्थित होटलमा जबरजस्ती करणी गरेको भन्ने आरोप छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।








