पोखरा, ४ फागुन
पोखराबाट दुईवटा जरायोको सिङसहित तिनजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा पोखरा महानगरपालिका वडा नम्बर–९ घर भएका २८ वर्षीय सलिश बास्तोला, चिप्लेढुंगा बस्ने २५ वर्षीय सुजन गिरी र २९ वर्षका विवेक श्रेष्ठ छन् ।
आरोपितहरुको साथबाट सरकारी कार्यालय, संघसंस्था तथा व्यक्तिको नाम उल्लेख गरिएको २४ थान अबैध छाप बरामद गरिएको कास्की प्रहरीले जनाएको छ । वडा प्रहरी कार्यालय बैदाम र लागु औषध नियन्त्रण ब्यूरोको शाखा कार्यालय पोखराबाट खटिएको टोलीले पसलमा छापा मार्ने क्रममा सो छाप फेला परेको हो ।
जरायोको सिङसम्बन्धी अनुसन्धान गर्न उनीहरुलाई डिभिजन वन कार्यालय कास्कीमा पठाउने प्रहरीले बताएको छ ।








