बुटवल, ४ फागुन
रुपन्देही बुटवलको जंगलमा नेपाल प्रहरीका हवल्दार मृत अवस्थामा फेला परेका छन् । प्रहरी चौकी भातागाडा डडेलधुरामा कार्यरत प्रहरी हवल्दार भुपेन्द्र ठकुल्ला मृत अवस्थामा फेला परेका हुन् ।
उनको शव सडेगलेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एसपी भरत विकले जानकारी दिए। ठकुल्लाको मानसिक अवस्था ठिक नभएको पाइएको एसपी विकले बताए ।
‘उनको मानसिक अवस्था ठिक रहेनछ। एक्लै यात्रा गर्ने क्रममा जंगलमा गाडीबाट झरेछन् । खान नपाएर जंगलमा उनको मृत्यु भएको पनि हुनसक्छ । पोष्टमार्टम रिपोर्ट आउन बाँकी छ,’ एसपी विकले भने।
ठकुल्लाको शव पोष्टमार्टमपछि आफन्तले बुझिलगेका उनले जानकारी दिए ।








