काठमाडाैं फागुन ४,
हाल देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम मुख्यतया सफा रहको छ। तराईका थोरै स्थानमा हुस्सु लागेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज दिउँसो गण्डकी प्रदेशको पहाडी भेगका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
आज राति गण्डकी र कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।








