काठमाडौँ, २९ माघ
यातायात व्यवस्था विभागका महानिर्देशक उद्धव प्रसाद रिजालमाथि क्रान्तिकारी युवा संगठनले कालोमोसो दलेको छ ।
लाइसेन्स घोटालामा संलग्न भएको आरोप लगाउँदै संगठनले कालोमोसो दलेको हो । पछिल्लो समय लाइसेन्स वितरणमा ठुलो घोटाला भएको विषय बाहिरिएको छ ।
यो प्रकरणमा अख्तियारले समेत छानबिन गरिरहेको छ । महानिर्देशक रिजाललाई मोसो दलिएकोबारे अहिले प्रहरीले अनुसन्धान थालेको छ।








