भक्तपुर, २८ माघ
भक्तपुरमा बसले ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा काभ्रेको धुलिखेल नगरपालिका-७ बाँसघारीका ५४ वर्षीय मुकुन्दप्रसाद तिमिल्सिना रहेका छन् ।
सूर्यविनायक नगरपालिका- १० पलासेमा साँगाबाट जगातीतर्फ आउँदै गरेको बा२ख ९४५४ नम्बरको बसले विपरीत दिशातिर जाँदै गरेको बा.७८ प.३१५५ नं. को मोटरसाइकललाई ठक्कर दिएको थियो ।
मोटरसाइकल सवार तिमिल्सिनाको उपचारको क्रममा शनिबार राति मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले बससहित चालक दोलखा भीमेश्वर नगरपालिका-७ घर भई काभ्रे बस्ने ३५ वर्षीय देहेन्द्रसिंह बस्नेतलाई नियन्त्रणमा लिएको छ ।








