काठमाडौँ, २५ माघ
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले नापी कार्यालय कलंकीका सर्भेक्षकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लक्ष्मी प्रसाद चौलागाई रहेका छन् ।
यस्तै टोलीले ‘राजधानी लेखापढी सेवा’का लेखापढी कर्मचारी नेत्रमणि पोखरेललाई पनि पक्राउ गरेको छ । चौलागाई र पोखरेलले सेवाग्राहीबाट एक लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा कार्यालयबाटै अख्तियारले पक्राउ गरेको हो ।
यस सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरिले जनाएको छ ।








