काठमाडाैं माघ २४,
प्रतिनिधि सभा बैठक आज बस्दैछ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बिहान ११ बजे बैठक बस्नेछ ।
बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरूङले मानव अधिकार समितिको प्रतिवेदनसहित सम्पत्ति शुद्धीकरण निवारण तथा व्यावसायिक वातावरण प्रवद्र्धनसम्बन्धी विधेयक छलफल गरियोस् भनेर प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ।
साथै सोही विधेयकलाई पारित गरियोस् भनेर पनि प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।
आजको बैठकमा दलीय आधारमा मन्तव्य राख्ने तयारी छ । संसद्को हिउँदे अधिवेशन आइतबारदेखि शुरू भएको थियो । पहिलो दिन नबवलेकोले आज दलका शीर्ष नेताहरूले बोल्ने सम्भावना पनि छ ।
आजै बस्ने प्रतिनिधि सभा बैठकमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री केशवकुमार बुढाथोकीको निधनमा शोक प्रस्ताव पारित गर्ने छ । पूर्वमन्त्री बुढाथोकी २०६४ र २०७० को संविधान सभा सदस्य थिए । पाण्डेको सोमबार राति विराटनगर मेडिकल कलेजमा उपचारका क्रममा निधन भएको थियो।








