काठमाडौँ, १६ माघ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरी र अध्यागमन कार्यालयका कर्मचारीबीच भएको हातपात घटनाको छानबिन गर्न गठित समितिले आज प्रतिवेदन बुझाउने तयारी गरेको छ ।
गृह मन्त्रालयका सहसचिव थानेश्वर गौतमको संयोजकत्वको तीन सदस्यीय समितिले प्रतिवेदन बुझाउने तयारी गरेको हो ।
मन्त्रालयका सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा गठित समितिमा नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक राजेशनाथ बास्तोला र सीमा तथा अध्यागमन प्रशासन शाखाका उपसचिव कुलबहादुर जिसी सदस्य रहेका छन्।
शुक्रबार विमानस्थलमा ‘चेकिङ’का क्रममा अध्यागमन अधिकृत छायालाल मोक्तान र प्रहरीबीच कुटाकुट भएको थियो ।








