काठमाडौँ, १६ माघ
उच्च अदालत पाटनका न्यायाधीश मातृकाप्रसाद मरासेनीको हृदयघातका कारण मृत्यु भएको छ ।
उच्च अदालत पाटनमा कार्यरत न्यायाधीश मरासेनीलाई बिहान ८ः३० बजे हृदयघात भएको थियो ।
हृदयघात पछि कलंकीको नेशनल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
उनी अघिल्लो सातामात्रै सरुवा भएर पाटन आएका थिए । लामो समय जिल्ला न्यायाधीश रहेका उनी अघिल्लो महिना मात्रै उच्च अदालतको न्यायाधीशमा नियुक्त भएका थिए ।








