काठमाडौँ, १४ माघ
नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले चलचित्रमा अभिनय गर्ने भएका छन् ।नेपाली चलचित्र ‘नमेटिने घाउ’मा ओलीले अभिनय गर्ने भएका हुन् ।
आइतवार काठमाडौंको नयाँ बानेश्वरमा फिल्मको औपचारिक घोषणा कार्यक्रममा ओलीले प्रधानमन्त्रीको भूमिका निर्वाह गर्ने जानकारी दिइएको हो । निर्देशक रमित ढुंगानाका अनुसार उक्त चलचित्र राजनीतिक विषयवस्तुमा केन्द्रित रहने छ ।
एसिड आक्रमणबाट घाइते भएकी मुस्कान खातुनको जीवन कथामा चलचित्र बन्न लागेको ढुंगानाले जानकारी दिए । यस चलचित्रमा एसिड आक्रमणपछिको दृश्यमा मुस्कानकै अभिनय रहने छ।
ओली प्रधानमन्त्री रहेको समयमा सरकारले एसिड आक्रमणविरुद्धको कानून अध्यादेशमार्फत ल्याएको थियो । प्रधानमन्त्रीको सो भूमिकालाई चलचित्रमा देखाउन लागिएको निर्माण पक्षले जनाएको छ ।








