काठमाडाैं माघ १३,
काठमाडौं महानगरपालिकाले धरहरासँगै निर्माण भएको पार्किङ खुला गर्ने भएको छ ।
धरहरासँगै निर्माण गरिएको भवनको पहिलो तलामा भोलिदेखि निःशुल्क पार्किङ सेवा उपलब्ध हुने महानगर प्रहरी बलका प्रमुख नगर प्रहरी वरिष्ठ उपरीक्षक राजुनाथ पाण्डेले जानकारी दिए ।
उनका अनुसार काठमाडौं टावरमा पनि निःशुल्क पार्किङको व्यवस्था गरिएको छ । त्यसबाहेक धरहराको पार्किङ भवनमा ५० हजार वर्गफिट क्षेत्र पनि निःशुल्क पार्किङ उपलब्ध हुने पाण्डेले बताए ।
न्यूरोडमा क्षेत्रमा पार्किङ निषेध गरेसँगै सुनधारामा बनेको पार्किङ खुला गर्न लागिएको हो ।
गएको दशैंदेखि छठ पर्वसम्मको अवधिमा वडा कार्यालयले साझेदार र स्थानीय क्लबहरूसँगको सहकार्यमा निःशुल्क पार्किङ सेवा दिएको थियो ।
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार








