Logo
  • चितवन समाचार
  • राजनीति
  • चितवन छिमेक
  • देश/प्रदेश
  • अर्थ समाचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • खेलकुद
  • धर्म संस्कृति
  • प्रवास
  • फिचर
  • फोटो फिचर
  • मनोरञ्जन
  • राशिफल
  • विचार/ब्लग
  • विचित्र संसार
  • विशेष
  • शिक्षा
  • साहित्य
  • सूचना/प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • मत-अपडेट
  • Preeti to Unicode
×
Logo
सोमबार, फागुन ०४, २०८२
☰
Logo सोमबार, फागुन ०४, २०८२
    • समाचार
    • चितवन
      • भरतपुर
      • रत्ननगर
      • कालिका
      • खैरहनी
      • राप्ती
      • माडी
      • इच्छाकामना
    • चितवन छिमेक
      • नवलपरासी पूर्व
      • तनहुँ
      • मकवानपुर
      • गोरखा
      • धादिङ
      • पर्सा
    • देश /प्रदेश
      • प्रदेश १
      • मधेस प्रदेश
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदूरपश्चिम प्रदेश
    • राजनीति
    • अर्थ
    • मनोरञ्जन
    • विश्व
    • कृषि
    • खेल
    • अन्य
      • भिडियो
      • अन्तर्वार्ता
      • शिक्षा
      • राशिफल
      • धर्म संस्कृति
      • चितवन छिमेक
      • फिचर
      • प्रवास
      • साहित्य
      • विचार/ब्लग
      • पत्रपत्रिका
      • रोचक
      • सूचना/प्रविधि
      • स्वास्थ्य/जीवनशैली
      • चितवन हिजो
    • unicode
    • मत-अपडेट

भर्खरै

निर्वाचन १८ दिन बाँकी: आजदेखि फागुन १७ गतेसम्म मतदाता शिक्षा कार्यक्रम

आज चितवनमा ‘मेट्स इडु एक्स्पो २०२६’ हुँदै, सम्पूर्ण तयारी पूरा

कक्षा ११–१२ लक्षित ‘आरम्भ कप २०८२’ बास्केटबल प्रतियोगिता माघ १८ देखि

एसईई चैत १९ देखि २९ सम्म

अङ्कुरम् एकेडेमीमा खेलकुद सप्ताह सुरु

आजबाट लागू भयो निर्वाचन आचारसंहिता

शीतलहरबाट जनजीवन प्रभावित हुन थालेपछि राजविराजका विद्यालयमा बिदा

क्यानडा जान चाहने विद्यार्थीका लागि चितवनमा ‘सिएससी ग्लोबल – क्यानडा एडमिशन एण्ड स्कलरशिप डे’ हुँदै

त्रिभुवन विश्वविद्यालयबाट १६ हजार ३८० विद्यार्थी दीक्षित

लोकप्रिय समाचार

  • १. आज मंगलबार यी राशिहरूका लागि शुभ, हेर्नुहाेस् आजको राशिफल

  • २. तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल:

  • ३. तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल:

  • ४. भरतपुर र माडीका ३०० मतदाता भेट्दा यस्तो पाइयो चितवन- ३ को मनोविज्ञान

  • ५. आज सोमबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल

  • ६. तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल:

  • ७. तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल:

  • ८. रास्वपा सभापति लामिछाने सहभागी हुने कार्यक्रममा निर्वाचन आचारसंहिता पालना गर्न प्रशासनको निर्देशन

  • ९. भरतपुरमा अर्को सडक दुर्घटनाः एक जनाको मृत्यु ,एक जना घाइते

  • १०. महाशिवरात्रिको तयारी पूरा, ४० लाख खर्च लाग्ने

काठमाडौँ-५ मा प्रमुख दलका नेताकै बढी चर्चा

काठमाडौँ, फागुन ४-
आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनको मिति नजिकिँदै जाँदा मुलुकभर निर्वाचनमय वातावरण बन्दै गएको छ । यही फागुन २१ गते हुने निर्वाचनका लागि आजदेखि प्रचारप्रसार गर्ने समय सुरु भएपछि चुनावी माहोल थप तातेको छ ।

सङ्घीय राजधानी काठमाडौँको प्रतिनिधिसभा क्षेत्र नं ५ मा विगतमा विजयी हासिल गरेका र प्रमुख प्रतिस्पर्धी उम्मेदवारदेखि विभिन्न दलबाट नयाँ र स्वतन्त्र गरी २४ जनाले उम्मेदवारी दिनुभएको छ ।

यस निर्वाचन क्षेत्रमा उपप्रधानमन्त्रीदेखि मन्त्रीको जिम्मेवारी सम्हालिसकेका र पार्टीको प्रमुखदेखि वरिष्ठ उपाध्यक्ष, महामन्त्रीलगायत पद सम्हालेका व्यक्तिले उम्मेदवारी दिनुभएको छ ।

काठमाडौँ–५ मा नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेल, नेकपा (एमाले) का वरिष्ठ नेता ईश्वर पोखरेल, राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष कमल थापा, नेपाल कम्युनिष्ट पार्टीका कल्पना शर्मा र राष्ट्रिय स्वतन्त्र पार्टीका सस्मित पोखरेल उम्मेदवार हुनुहुन्छ ।

यस निर्वाचन क्षेत्रमा २०७९ सालमा भएको प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसका पौडेल १५ हजार २६९ मत प्राप्त गरी विजयी हुनुभएको थियो । उक्त निर्वाचनमा एमालेका पोखरेल १० हजार १९० मत प्राप्त गरी निकटतम् प्रतिस्पर्धी बन्नुभएको थियो । रास्वपाका डा प्रणयशम्शेर राणाले पाँच हजार ४७७ मत प्राप्त गर्नुभएको थियो भने राप्रपाका रामप्रसाद उप्रेतीले तीन हजार १६२ मत पाउनुभएको थियो ।

कांग्रेस महामन्त्रीसमेत रहनुभएका पौडेलले जेनजी पुस्तालगायत आमनागरिकले उठाउँदै आएका सुशासन, आर्थिक विकास, समाजिक न्याय, सांस्कृतिक पहिचान जस्ता सवाललाई प्राथमिकतामा राखेको बनाउनुभयो । “प्रविधियुक्त र जीवनोपयोगी शिक्षा, सबैका लागि व्यवस्थित सार्वजनिक पार्क, खुला र सुरक्षित सडक, सहज, सुलभ र प्रविधिमैत्री स्वास्थ्य प्रणालीः सबैका लागि स्वास्थ्य बीमा, हाम्रो सम्पदा, हाम्रो पहिचानः कला– संस्कृतिको संरक्षण र पर्यटन प्रवर्द्धन हाम्रा प्राथमिकतामा छन्”, उहाँले भन्नुभयो, “त्यस्तै खानेपानी र ढल निकास ः एकीकृत र दिगो व्यवस्थापन, युवा रोजगारी र उद्यमशीलताः नवपर्वतन र व्यावसायिक उत्थान, सामाजिक न्याय र सार्वजनिक सेवा प्रभावकारी बनाउनेलगायत विषय पनि हाम्रा मुद्दा हुन् ।”

एमालेको गत मङ्सिर २७ गतेदेखि भएको ११औँ महाविधेशनमा अध्यक्षमा निकटतम् प्रतिपस्र्धी रहिसक्नुभएका वरिष्ठ नेता पोखरेलले शैक्षिक र स्वास्थ्य संस्थाको पँहुच तथा गुणस्तर अभिवृद्धिका लागि व्यवस्थित गर्नुपर्नेलगायत विषय आफ्नो प्राथमिकतामा रहेको बताउनुभयो । पूर्वउपप्रधानमन्त्रीसमेत रहनुभएका उहाँले भन्नुभयो, “उत्पादन र रोजगारीलाई प्रत्यक्ष रुपमा जनतासँग जोड्नुपर्नेछ, सहरी सुविधा व्यवस्थापनका लागि अधुरा भौतिक पूर्वाधार सम्पन्न गर्नुपर्ने र थप निर्माण गर्नुपर्ने विषय हाम्रो एजेण्डामा छन् ।”

पूर्वउपप्रधानमन्त्रीसमेत रहनुभएका राप्रपाका उम्मेदवार थापाले राष्ट्रियता र भ्रष्टाचार नियन्त्रणका लागि हिन्दू राष्ट्र र राजसंस्था पुनःस्थापनाको विषयलाई मुख्य एजेण्डा बनाउनुभएको छ । “हाँडीगाउँ र टोखालाई सांस्कृतिक नगरका रुपमा विकास गर्नेछौँ, विष्णुमति, धोबिखोला करिडोरलगायतका बस्तीलाई व्यवस्थित बनाउँने छौँ”, उहाँले भन्नुभयो ।

नेकपाका उम्मेदवार शर्माले भ्रष्टाचार नियन्त्रण र सुशासन आफ्नो प्रमुख मुद्दा भएको बताउनुभयो । शिक्षा र स्वास्थ्यमा समयानुकूल परिमार्जन र सहज पँहुचको विषयलाई चुनावी मुद्दा बनाउनुभएका उहाँले भन्नुभयो, “सामाजिक न्याय र सेवा प्रवाहलाई प्रभावकारी र चुस्त बनाउनु हाम्रो प्राथमिकताको विषय हो, समयानुकूल कानुन निर्माण र संशोधन अपरिहार्य छ, त्यसका लागि हामी तालिकासहित अघि बढ्नेछौँ ।”

रास्वपाका पोखरेलले उत्तरदायित्व, पारदर्शिता र प्रत्यक्ष संवादमार्फत जवाफदेही प्रतिनिधित्व स्थापित गर्ने अठोट व्यक्त गर्नुभयो । यस निर्वाचन क्षेत्रका सबै वडामा, प्रत्येक महिनामा एक वडा केन्द्रित गर्दै सुनुवाइ सञ्चालन गर्ने उल्लेख गर्दै उहाँले भन्नुभयो, “स्थानीयका गुनासा, सुझाव, अपेक्षा र प्राथमिकतालाई प्रत्यक्ष रूपमा अभिलेखीकरण गरी, तिनलाई संसद्मा नीतिगत बहस र कार्यक्रम निर्माणसँग जोड्नेछौँ ।”

आगामी निर्वाचनका लागि यस क्षेत्रमा जनता समाजवादी पार्टी नेपालबाट दानिन्द्र जोशी, नेपाल मजदुर किसान पार्टीबाट शोभालाल श्रेष्ठ, राष्ट्रिय जनमोर्चाबाट अशोक बिक्रम जिसी, प्रगति लोकतान्त्रिक पार्टी विष्णु श्रेष्ठ, मङ्गोल नेशनल अर्गनाइजेशनबाट मीरा गुरुङ, संयुक्त नागरिक पार्टीबाट स्याम काजी सुनुवार उम्मेदवारी दिनुभएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (संयुक्त) निमेस खनाल, गतिशील लोकतान्त्रिक पार्टीबाट नीशा अधिकारी, जय मातृभूमि पार्टीबाट वसन्तराज कुँवर, श्रम संस्कृति पार्टीबाट अमित थापा, नेपाल कम्युनिष्ट पार्टी (माओवादी) बाट ज्ञानेन्द्र प्रजापति, उज्यालो नेपाल पार्टीबाट श्रीराम गुरुङ, त्रिमूल नेपालबाट रमेश तामाङ, नेपाल कम्युनिष्ट पार्टी (ण्माक्र्सवादी) (एकल चुनाव चिह्न)बाट युवराज काफ्ले, आम जनता पार्टी (एकल चुनाव चिह्न) बाट कोमल पौडेलले उम्मेदवारी दिनुभएको छ । स्वतन्त्र उम्मेदवारका रुपमा क्यामुना मिजार, ढकबहादुर कार्की, धर्म डङ्गोल, प्रभा श्रेष्ठ र रमिता सापकोटा हुनुहुन्छ ।

समानुपातिकतर्फ गत निर्वाचनमा रास्वपाले ११ हजार ६४७, कांग्रेसले १० हजार ४३, एमालेले नौ हजार ६५२, राप्रपाले सात हजार २०१, माओवादी केन्द्रले एक हजार २२४ मत प्राप्त गरेको थियो ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पहिलो हुने निर्वाचित हुने ९प्रत्यक्ष० निर्वाचन प्रणालीतर्फ मुुलुकभर ६५ राजनीतिक दलले ६१ निर्वाचन चिह्नमा प्रतिस्पर्धा गर्दैछन् । प्रत्यक्षतर्फ तीन हजार ४०६ उम्मेदवार प्रतिस्पर्धामा हुनुहुन्छ ।

त्यस्तै, समानुपातिक निर्वाचन प्रणालीतर्फ ६३ राजनीतिक दलले ५७ निर्वाचन चिह्नमा चुनाव लड्दैछन् । त्यसप्रणालीका लागि महिला एक हजार ७७२ र पुरुष एक हजार ३६३ उम्मेदवार गरी तीन हजार १३५ उम्मेदवारको नाम बन्द सूचीमा समावेश छ । निर्वाचन आयोगले यही माघ ४ गतेदेखि निर्वाचन आचारसंहिता लागू गरेको छ ।

यसपटकको निर्वाचनका लागि ९२ लाख ४० हजार १३१ महिला, ९६ लाख ६३ हजार ३५८ पुरुष र २०० अन्य गरी कूल एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता कायम रहेका छन् । निर्वाचनका लागि देशभर १० हजार ९६७ मतदानस्थलमा २३ हजार ११२ मतदान केन्द्र निर्धारण गरिएको छ । रासस

Chitwan Aaja चितवन आज
सोमबार, फागुन ०४, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार
काठमाडौँका विभिन्न कारागारबाट फरार सात कैदी पक्राउ
निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने
निर्वाचन आयोगले गर्यो सेतोपाटी’लाई कारबाही गर्न प्रेस काउन्सिललाई पत्राचार

ताजा समाचार

सबै

काठमाडौँका विभिन्न कारागारबाट फरार सात कैदी पक्राउ

निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

निर्वाचन आयोगले गर्यो सेतोपाटी’लाई कारबाही गर्न प्रेस काउन्सिललाई पत्राचार

काठमाडौँ-५ मा प्रमुख दलका नेताकै बढी चर्चा

मुग्लिन–मलेखु सडकः कालोपत्र तीव्र

युरोपका १६ देशसँग श्रम सम्झौताको तयारी, क्रोएसिया र माल्टालाई विशेष प्राथमिकता

आज सोमबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल

सर्लाहीमा सब–इन्जिनियरमाथि गोली प्रहार

‘नागरिक करार’ भन्दै रविले सार्वजनिक गरे पाँचबुँदे पत्र

कर्णालीमा धमाधम हुँदैछ मतपत्र ढुवानी

नरेन्द्र मोदीले सडकमै गरे विमान अवतरण

लगातार तेस्रो हारसँगै बाहिरियो नेपाल

१३२ केभी प्रसारणलाइनको आजदेखि परीक्षण सुरु

नेपालले ऐरीको अर्धशतकमा वस्ट इन्डिजलाई दियो १३४ रनको लक्ष्य

गैँडाकोटमा स्कुटरको ठक्करबाट पैदलयात्रीको मृत्यु

सुन्तला बेचेर तनहुँका कृषकले भित्र्याए करोडौँ

हेर्नु भयो ?

बालेन र सुधनविरुद्ध चितवनमा पनि किटानी जाहेरी, पक्राउ गर्न माग

हेर्नुस् आज मिति २०८२ मङ्सिर १४ गते आइतबारको राशीफल

हेर्नुस् आज मिति २०८२ भदाै १६ गते साेमवारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक १९ गते बुधबारको राशीफल

न्यु होराइजनद्वारा आयोजित अन्तर स्कुल गायन प्रतियोगिता सम्पन्न, अर्पना केसी प्रथम

हेर्नुस आज मिति २०८२ मंसिर २८ गते आइतबारको राशीफल

हेर्नुस आज मिति २०८२ मंसिर २४ गते बुधबारको राशीफल

हेर्नुस आज मिति २०८२ कार्तिक २१ गते शुक्रवारको राशीफल

हेर्नुस् आज मिति २०८२ मंसिर ५ गते शुक्रबारको राशीफल

हेर्नुस आज मिति २०८२ भदाै १५ गते आइतवारको राशीफल

त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

आज शनिबार कुन राशिको लागि शुभ ? हेर्नुहोस् राशिफल

चितवनमा ‘सिटी एज्ड केयर ट्रेनिङ एण्ड रिसर्च सेन्टर’ सञ्चालनमा

आज बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् राशिफल

विशेष

सबै
  • १.
    चितवनमा प्रहरीको ज्यादती : पत्रकारको क्यामेरा खोसेर भिडियो डिलिट

  • २.
    आखिर कसले बनायो भरतपुरको सिक्स लेन ? के हो यथार्थ ?

  • ३.
    त्रिविमा ४ विद्यार्थी संगठनको तालबन्दी : निर्वाचन समिति संयोजकको राजीनामा माग

  • ४.
    माघ पूर्णिमाअघि महाकुम्भमा ठूलो भीड : ३० किलोमिटर ट्राफिक जाम, रेलवे स्टेशन पनि बन्द

  • ५.
    पाकिस्तानमा आक्रमण १६ सैनिकको मृत्यु, आठ घाइते

  • ६.
    सुनको मूल्य फेरि घट्यो

  • ७.
    थाङ्काबाट वार्षिक १५ लाख आम्दानी

  • ८.
    सिजी मल र भाटभटेनीको पार्किङ गर्न सेटिङ गरिएको पुष्टि : अवरुद्ध भरतपुर ओरालो खुल्यो

  • ९.
    रामपुर विश्वविद्यालय झड्प : किन लडे विद्यार्थी, को हो दोषी ? डीन र प्राध्यापकले नै उक्साएका हुन त !

  • १०.
    दुर्गन्धित बन्यो नारायणगढ बजार, बस्नै नसक्ने अवस्था (भिडियो रिर्पाेटसहित)

  • ११.
    कति वन्यजन्तुमैत्री छन्, निकुञ्ज क्षेत्रका पूर्वाधार

  • १२.
    फेसबुक, म्यासेन्जर र इन्स्टाग्राममा देखियो समस्या

साताको चर्चित

  • १.
    आज मंगलबार यी राशिहरूका लागि शुभ, हेर्नुहाेस् आजको राशिफल

  • २.
    तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल:

  • ३.
    तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल:

  • ४.
    भरतपुर र माडीका ३०० मतदाता भेट्दा यस्तो पाइयो चितवन- ३ को मनोविज्ञान

  • ५.
    आज सोमबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल

  • ६.
    तपाईँको आजको दिन कस्तो रहनेछ ? यस्तो छ आजको राशिफल:

चितवन आज मिडिया हाउस प्रा.लि.
www.chitwanaaja.com
भरतपुर, चितवन

सूचना तथा प्रसारण विभाग दर्ता प्रमाण पत्र न
३२२३-२०७८/७९

सामाजिक संजालमा हामी

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
  • डाउनलोड
Copyright ©2026 Chitwan Aaja | All rights Reserved.
 Website By :  nwTech.