काठमाडौं, फागुन ३-
साताको पहिलो दिन आज (आइतबार) नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २३ सय रुपैयाँले बढेको हो ।
योसँगै आजका लागि सुनको मूल्य तीन लाख पाँच हजार ८०० रुपैयाँ निर्धारण भएको महासंघले जानकारी दिएको छ । गत साताको अन्तिम दिन शुक्रबार प्रतितोला तीन लाख तीन हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी, चाँदीको मूल्य तोलामा चार हजार ९८५ रुपैयाँ तोकिएको छ । शुक्रबार प्रतितोला पाँच हजार रुपैयाँमा कारोबार भएको थियो ।








