चितवन ,माघ २५ –
शारदानगर जेसीजको आयोजनामा एकदिने पूर्व परिचयात्मक तथा शाखा पदाधिकारी तालिम सम्पन्न भएको छ ।
वर्ष २०२६ का शाखा अध्यक्ष जेसी रमेश घिमिरेका सभाध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि नेपाल जेसीज बर्ष २०२१ का राष्ट्रीय अध्यक्ष जेसीआई सिनेटर अरुणेश्वर खनाल रहनुभएको थियोे भने प्रमुख प्रशिक्षकमा माडी जेसीजका पुर्व अध्यक्ष जेसी शोभाखर अधिकारीले तालिम दिनुभएको थियो । शाखाका पुर्व अध्यक्ष जेसी हरिराज अर्याल, तुल्सीराम पाण्डे, भुवन सापकोटा, निवर्तमान अध्यक्ष जेसी लक्ष्मी के.सी को साथै बोर्डका पदाधिकारी तथा सदस्यहरुको उपस्थित रहेको थियो ।
जेसीज आस्थापाठ जेसी अञ्जली बरुवालले राख्नुभएको थियो भने स्वागत मन्तव्य जेसी संजय कुवरले व्यक्त गर्नुभएको थियो । कार्यक्रम संस्थाका महासचिव जेसी दिपेश आचार्यले सहजीकरण गर्नुभएको थियो ।









