काठमाडौं, १८ असार
सिन्धुपाल्चोकमा भारी वर्षा भएको छ ।
मेलम्ची नदी नाकोटेको जलमापन केन्द्रमा जलसतह सतर्कता तह नजिक पुगेको छ ।
जलसतह बढ्ने क्रममा रहेकाले नदीको तल्लो तटीय क्षेत्रमा बाढीको जोखिम रहेकाले रातिसम्म उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ ।








