काठमाडौं, २७ चैत
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को प्रदर्शनबाट संसदीय दलका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
आन्दोलनकारीलाई प्रहरीविरुद्ध उक्साउने काम गरेपछि शाहीलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
निषेधित क्षेत्र तोड्न र आन्दोलनकारीलाई पछि नहट्न आग्रह गर्दै मुठभेड निम्त्याउने प्रयास गरेपछि उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिए ।
४० बुँदे माग राख्दै भृकुटीमण्डपबाट शुरू भएको राप्रपाको जुलुस सिंहदरबारतर्फ अगाडि बढ्न खोजेपछि प्रहरीले रोकेको थियो ।
प्रदर्शनका क्रममा सोमवार निषेधित क्षेत्र तोड्न खोजेपछि भद्रकालीमा झडप भएको हो । जुलुसले निषेधित क्षेत्र तोडेर अगाडि बढेपछि प्रहरीले पानीको फोहोरा हानेको थियो ।
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार








