२६ चैत, काठमाडौं ।
सशस्त्र प्रहरी बलको सतुंगलस्थित स्टोरमा आगलागी भएको छ ।
सामानहरु राखिएको स्टोरमा आगलागी भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले जानकारी दिए ।
त्यहाँ आवश्यक बन्दोबस्तीका सामग्री राखिएका छन्। हलचोकमा पुग्ने ठाउँ नभएकाले सामान त्यहाँ राख्ने गरिएको थियो।
आगलागी नियन्त्रणमा लिने प्रयास भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए। आगलागी नियन्त्रणमा लिन दमकल, प्रहरी तथा स्थानीयले प्रयास गरिरहेका छन्।
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार








