इलाम, २४ चैत
इलाम-२ मा रास्वपा उम्मेदवार मिलन लिम्बूले उम्मेदवारी दर्ता गराएका छन् ।
रास्वपाका उपासभापति तथा श्रम मन्त्री डीपी अर्यालसहितको टोलीले निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन् ।
यसअघि कांग्रेसका डम्बर खड्का, एमालेका सुहाङ नेम्वाङ, नेकपा एकीकृत समाजवादीका जीतबहादुर राई, जनमत पार्टीका प्रेमकुमार थाम्सुहाङ, नेपाल मजदुर किसान पार्टीका श्यामबहादुर दर्जी, स्वतन्त्र उम्मेदवार डाकप्रसाद गौतमलगायतले उम्मेदवारी दर्ता गराएका थिए ।
इलाम–२ मा सुवास नेम्वाङको निधनपश्चात् रिक्त पदमा उपनिर्वाचन गर्न लागिएको हो । आउँदो वैशाख १५ गते उपनिर्वाचन हुँदै छ ।








