१६ चैत, काठमाडौं
प्रहरीले नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुकी स्थायी कमिटी सदस्य रक्षा बमलाई हिरासतमुक्त गरेको छ ।
बाहिर राखेर पनि अनुसन्धान गर्न मिल्ने सरकारी वकीलको कार्यालयले बताएपछि उनलाई छाडिएको हो ।
बमले एक युवतीको मोबाइलबाट गोप्य तस्वीर र भिडियो हात पारेर उनीसँग ‘ब्ल्याकमेलिङ’ गरेको आरोप छ । बुधबार प्रहरीले पक्राउ गरेपछि उनलाई अनेरास्ववियुले निलम्बन गरेको थियो ।
उनी प्रहरी नियन्त्रणबाट छुटे पनि अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ ।