काठमाडाैं चैत १६,
धादिङ अस्पतालमा कार्यरत डा. प्रतिभा धौभडेल मृत फेला परेकी छिन् । घर बिदामा रहेकी उनी काठमाडौं महानगरपालिका–१३ छाउनीस्थित घरमा बिहीबार मृत भेटिएकी हुन् ।
सलले पासो लगाएर झुण्डेको अवस्थामा देखेपछि उनका पतिले बीरेन्द्र सैनिक अस्पतालमा लगेका थिए । अस्पतालका चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ । प्रतिभाको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा राखिएको छ ।
असार २५ बाट धादिङ अस्पतालमा कार्यरत उनी बिदामा काठमाडौं आएकी थिइन् । घटनाबारे अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।