इलाम, १५ चैत
नेकपा (एकीकृत समाजवादी)ले उपनिर्वाचनको लागि उमेदवार टुंग्याएको छ । इलाम क्षेत्र नम्बर–२ मा जीतबहादुर राई र बझाङ–१ ‘क’मा दिलबहादुर सिंहलाई उमेदवार बनाउने निर्णय गरेको हो। राई इलामकै माईजोगमाई गाउँपालिकाका पूर्वअध्यक्ष हुन् ।
इलाम–२ र बझाङ–१ ‘क’मा आउँदो वैशाख १५ गते उपनिर्वाचन हुँदै छ । त्यसका निम्ति यही चैत २४ गते उमेदवारको मनोनयनपत्र दर्ता गरिनेछ ।
सत्ता गठबन्धनमा आबद्ध दलहरूले छुट्टाछुट्टै उमेदवार उठाउँदै छन् । गठबन्धनको प्रमुख दल नेकपा (एमाले)ले सुहाङ नेम्वाङलाई उमेदवार बनाइसकेको छ ।
नेकपा (माओवादी केन्द्र)ले पनि उमेदवार बनाउने निर्णय गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उमेदवार छनोटको प्रक्रियामा छ ।