भरतपुर, १४ चैत
भरतपुर महानगरपालिका वडा नं-२३, जगतपुर चोकमा बसको ठक्करबाट गम्भीर घाइते साइकलयात्रीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा भरतपुर २३ जगतपुर बस्ने ४८ वर्षीय सूर्य गुरुङ रहेका छन् । उनको आज बिहान १ः२८ बजेको समयमा मृत्यु भएको चितवन प्रहरीले जनाएको छ ।
मंगलबार दिउँसो बाटो क्रस गर्दै गरेको साइकललाई जगतपुर चोकस्थित बेनीबाट माडी तर्फ जाँदै गरेको ग १ ख ६७३३ नम्बरको बसले ठक्कर दिएको थियो । सो ठक्करबाट गम्भीर घाइते भएका गुरुङको आज बिहान चितवन मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो ।
उनको शव पोस्टमार्टमको लागि भरतपुर अस्पतालमा लगिएको छ। दुवै सवारी साधन र गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।








