१३ चैत, काठमाडौं ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५० ग्राम सुनसहित एक जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
भन्सार छलेर ल्याएको ५० ग्राम सुनसहित सिरहाको धनगढीमाई नगरपालिका–११ का २३ वर्षीय पुरुषोत्तम शर्मा पक्राउ परेका हुन् ।
उनको साभबाट ५० ग्राम तौलको सुनको ब्रासलेट बरामद भएको छ ।
विमानस्थलको अन्तर्राष्ट्रिय आगमन पार्किङ एरियाबाट उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार