काठमाडाैं चैत १२,
प्रधानमन्त्री प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद् २३ सदस्यीय बनेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले सोमवार प्रतिनिधिसभा सदस्य दीपक कार्कीलाई राज्यमन्त्री नियुक्त गरेका छन् ।
यससँगै मन्त्रिपरिषद् २२ सदस्यीय बनेको हो । उनलाई प्रधानमन्त्री प्रचण्डको सिफारिसमा राज्यमन्त्री नियुक्त गरी वन तथा वातावरण मन्त्रालयमा राज्यमन्त्रीको कार्यभार तोकिएको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन् ।
उनी जनता समाजवादी पार्टी (जसपा)बाट राज्यमन्त्री बनेका हुन् भने वन मन्त्रालयमा सोही पार्टीबाट नवलकिशोर साह सुडी मन्त्री रहेका छन् ।
नयाँ गठबन्धन बनेपछि प्रधानमन्त्रीको सिफारिसमा मन्त्रिपरिषद् पुनर्गठन भएको थियो । जसअनुसार नेकपा (एमाले) नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), जसपा र नेकपा (एकीकृत समाजवादी) सरकारमा सहभागी छन् ।
यससँगै नयाँ गठबन्धन बनेसँगै प्रधानमन्त्री प्रचण्डले तेस्रोपटक मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।