काठमाडाैं चैत १२,
उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ चीनको राजधानी बेइजिङ पुगेका छन् ।
बेइजिङस्थित डाक्सिङ अन्तर्राष्ट्रिय विमानस्थलमा चीनको विदेश मन्त्रालयका डेपुटी डिरेक्टर जनरल चाङ माओमिङ, चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठ तथा चिनियाँ विदेश मन्त्रालयका वरिष्ठ अधिकारी लगायतले उनलाई स्वागत गरेका थिए ।
मन्त्री श्रेष्ठ उनका चिनियाँ समकक्षी वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा आज चीन भ्रमणका लागि बेइजिङ पुगेका हुन् ।
चीनमा रहँदा उनले चिनियाँ समकक्षी तथा बेइजिङ र अन्य प्रान्तहरूमा चीनका उच्चस्तरका विभिन्न व्यक्तित्वसँग भेट गर्ने कार्यक्रम छ ।
उपप्रधानमन्त्री श्रेष्ठले आजै चिनियाँ जनराजनीतिक परामर्शदातृ सम्मेलन (सीपीपीसीसी)का केन्द्रीय अध्यक्ष वाङ हुनिनसँग भेटवार्ता गर्नेछन् ।
त्यस्तै उनले चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभाग (आइडीसीपीसी) का उपमन्त्री सुन हाइयानसँग पनि भेट गर्ने कार्यक्रम छ ।