काठमाडाैं चैत १२,
आइतबार परेको फागु पूर्णीमा (होली) लाई लक्षित गरी काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले गरेको विशेष चेकिङको क्रममा ७ सय ८४ वटा सवारी साधन होल्ड गरिएको छ ।
होली पर्व मनाउने बहानामा मोटसाइकलमा तिनजना चढ्ने, हेलमेट नलगाउने, तिव्रगतीमा सवारी साधन चलाउने, सवारी चालक अनुमतीपत्र साथमा नराखी सवारी साधन चलाउने लगायत अन्य ट्राफिक नियम उलंघन गर्ने ७६९ वटा दुई पाङ्गे र १५ वटा चार पाङग्रे सवारी साधनहोल्ड भएका हुन्
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक जीवन कुमार श्रेष्ठका अनुसार आइतबार काठमाडौँ उपत्यकाका विभिन्न स्थान तथा नाकासहित ९०स्थानमा विशेष चेकिङ गरिएको गरिएको थियो ।
जसमा मदिरा पिएर सवारी साधन चलाउँने १ सय ३५ जना चालक रहेका थिए । होल्ड गरिएका सवारी साधनलाई बेलुकी साढे ६ बजेपछि चालकले ट्राफिक नियम उलंघन गरेअनुसारको कारबाही गरेर छाडिएको प्रवक्ता श्रेष्ठले बताए ।
होली पर्वमा लागुपदार्थ सेवन गरी सवारी साधन चलाउने १२ जना चालकलाई समेत नियन्त्रणमा लिइएको उनले बताए ।








