रौतहट, चैत १०
रौतहटको इशनाथमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा इशनाथ नगरपालिका २ औरयाका ५५ वर्षीय भागरित साह बनियाँ रहेका छन् ।
शुक्रवार साँझ आफ्नै घरमा विद्युतको तार जोड्ने क्रममा करेन्ट लागेर उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।