कालीकोट, ८ चैत
कालीकोटको खाडाचक्र-५ ढाडगाउँको वनमा लागेको डढेलोमा परेर बाबु छोरीको मृत्यु भएको छ । मृत्यु हुनेमा ५० वर्षीय नन्दराम चौलागाईं र उनकी १२ वर्षीया छोरी हेमन्ती रहेको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ ।
चैत २ गते बाख्रा चराउन गएको बेला वनमा लागेको डढेलोमा परेर बाबुछोरी गम्भीर घाइते भएका थिए । सामुदायिक वनमा लागेको डढेलोमा परेर गम्भीर घाइते भएका बाबुछोरिको उपचारको क्रममा मृत्यु भएको हो ।
छोरीको चैत ४ गते र बुवाको बुधबार मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार डढेलोमा जलेर ४५ वटा बाख्रासमेत मरेका छन् ।








