५ चैत, काठमाडौं
सर्वोच्च अदालत परिसरमा हतियार लिएर प्रवेश गर्ने एक व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापाको बुद्धशान्ति गाउँपालिका-३ का दीपक खड्का रहेका छन् ।
उनि सोमबार दिउँसो अदालतभित्र हतियार लिएर प्रवेश गरेको पाइएपछि प्रहरीले पक्राउ गरेको हो । खड्का दुर्गा प्रसाईंको सुरक्षा गार्डका रुपमा काम गर्दै आएका व्यक्ति भएको बुझिएको छ ।
प्रहरीले सडकको साथबाट एउटा पेस्तोल बरामद गरिएको छ ।
आज सर्वोच्च अदालतमा दुर्गा प्रसाईंसँग सम्बन्धित मुद्दामा सुनुवाइ भइरहेको छ ।