विराटनगर, ५ चैत
विराटनगरको नोबेल अस्पतालमा कार्यरत स्टाफ नर्सको हत्यामा संलग्न भनिएका युवा मृत भेटिएका छन्। स्टाप नर्स चन्द्रिकाकुमारी दासको हत्यामा संलग्न भनिएका उनका प्रेमी २२ वर्षीय शिवशंकर दास मृत भेटिएका हुन् ।
चार दिनअघि मृत फेला परेकी २५ वर्षीया नर्स चन्द्रिकाकुमारीलाई उनका प्रेमी शिवशंकर दासले हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको थियो ।
सिराहाको लहान घर भएका शिवशंकर विराटनगर-४ स्थित नोबल अस्पताल अगाडिको फाइन होटेलको कोठा नम्बर १०२ मा झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
सिराहको फुल्काहकट्टी नगरपालिका घर भएकी नर्स चन्द्रिकुमारीको विराटनगर–४ स्थित एक घरमा शुक्रबार दिउँसो हत्या गरेको अवस्थामा शव भेटिएको थियो । हत्या प्रेमी शिवशंकरले गरेको निष्कर्ष निकाल्दै प्रहरी उनको खोजी गरिरहेको थियो ।








