नवलपरासी, ४ चैत
पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका– ३ सालघारीमा टिपरले च्यापिएर टिपर चालको मृत्यु भएको छ ।
मृत्यु हुनेमा गैँडाकोट नगरपालिका– १३ बेल्डिहा बस्ने २७ वर्षीय बलिराम महतो रहेका छन् । उनको घटनास्थलमै मृत्यु भएको हो ।
विनयी त्रिवेणी– ३ सालघारीको भित्री सडकखण्डमा पाल्पाबाट सिमेन्ट कम्पनीको चुनढुंगा लोड गरी आउँदै गरेको लु.१क ५२८१ नम्बरको टिपर नियन्त्रण गुमाई सडकदेखि ४० मिटर तल खसेको नवलपरासी प्रहरीले जनाएको छ ।
शव पोस्टमार्टमका लागि मध्यविन्दु जिल्ला अस्पताल ल्याइएको छ ।