काठमाडौं, ४ चैत
काठमाडौंको गोकर्णेश्वर नगरपालिका–३ स्थित तारेभीरमा मृत फेला परेकी सुष्मा लामाको हत्या गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा सुष्माकै छिमेकी २१ वर्षीय रुपेन्द्र लामा रहेका छन् ।
लामाले सुष्मालाई एकतर्फी मन पराएको र पटक–पटक प्रेम प्रस्ताव गर्दा अस्वीकार गरेपछि हत्या गरेर जंगलमा पुरेको अनुसन्धानबाट खुलेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका डीएसपी अनिल घिमिरेले जानकारी दिए ।
बूढानीलकण्ठ उच्च माविमा कक्षा–१२ मा अध्ययनरत १८ वर्षीया सुष्माको शव प्रहरीले गएको फागुन २४ गते शिवपुरी राष्ट्रिय निकुञ्ज क्षेत्रको तारेभीरमा जंगलमा फेला पारेको थियो ।
प्रहरीले ति युवकको साथबाट खाल्डो खन्न प्रयोग गरेको कुटो र मृतकको मोबाइल,किताबकापी बरामद गरेको छ ।
तपाईको प्रतिक्रिय
सम्बन्धित समाचार








