विराटनगर, २ चैत
विराटनगरमा हत्या गरेर फालिएको अवस्थामा किशोरीको शव भेटिएको छ। विराटनगर महानगरपालिका–४ स्थित एउटा घरमा २३ वर्षीया चन्द्रिकाकुमारी दासको शव भेटिएको प्रहरीले जानकारी दिएको हो । उनी नोबेल शिक्षण अस्पतालमा कार्यरत स्टाफ नर्स हुन् ।
डेरा बसेको घरको कोठाभित्रको शौचालयमा आज दिउँसो शव फेला परेको हो ।दासको घाँटी, अनुहारलगायत शरीरका विभिन्न भागमा गहिरो चोट छ । उनीमाथि धारिलो हतियार प्रहार भएको प्रहरीले बताएको छ ।
सिराहाको फुल्काहकट्टी घर भएकी दास विराटनगर– ४ बुढाथोकी मार्गस्थित धीरेन्द्र गिरीको घरमा डेरा गरेर बस्थिइन् । धीरेन्द्रका अनुसार उनि त्यस घरमा बस्न थालेको ४-५ महिना मात्र भएको थियो ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।