काठमाडौँ, २१ फागुन
नयाँ गठबन्धनको सरकारमा नेकपा एकीकृत समाजवादी पनि सहभागी हुने भएको छ । आज बसेको सचिवालय बैठकले सरकारमा सहभागी हुने निर्णय गरेको हो।
समाजवादी दुई मन्त्रीसहित सरकारमा सहभागी हुन लागेको हो । नेकपा एसले संघीय मामिला तथा सामान्य प्रशासनसहित २ मन्त्रालय लिएर सरकारमा सहभागी हुने जनाइएको छ । हालसम्म एकीकृत समाजवादीले दुई मन्त्रीको टुंगो लगाइसकेको छैन ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले, रास्वपालगायतलाई समेटेर सोमवार मन्त्रिपरिषद् पुनर्गठन गरेका थिए ।








