चितवन, २२ फागुन
चितवनको छात्रावासमा मृत्यु भएकी सालिन पोख्रेलको आज पशुपति आर्यघाटमा अन्त्यष्टि गरिएको छ । बुधबार दिउँसो पशुपति आर्यघाटमा पोख्रेलको अन्त्यष्टि गरिएको छ ।
एकता शिशु निकेतन बोर्डिङ स्कुलको छात्रावासमा बस्दै आएकी १४ वर्षीया उनी यही फागुन १२ गते बिहान कोठामा मृत अवस्थामा फेला परेकी थिइन् । कोठामा रहेको सिलिङको पंखामा डोरी लगाएर झुन्डिएको अवस्थामा उनको शव फेला परेको थियो ।
उनको बलात्कार पछि हत्या भएको परिवारले आरोप लगाएका थिए । तर पोख्रेलको पोस्टमार्टम रिपोर्टले भने उनको बलात्कार नभएको देखाएको छ ।








