सर्लाही, २२ फागुन
प्रहरीले सर्लाहीको ईश्वरपुर नगरपालिका–८ बाट बलात्कार आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ईश्वरपुर–८ स्थित फुलजोर घर भएका टेके सार्की रम्तेल रहेका छन् ।
सर्लाहीका एसपी दयानिधि ज्ञवालीका अनुसार रम्तेलले बैशाख ७ गते १२ वर्षीय बालिकालाई बलात्कार गरेर गर्भवती बनाएका हुन् । बलात्कृत बालिकाले पुस १५ मा छोरा जन्माइन् । पीडितले जन्माएको शिशुको फागुन १६ मा प्रादेशिक अस्पताल मलंगवामा मृत्यु भएको छ । आरोपीले अनुसन्धान अधिकृतहरूसँग बलात्कार स्वीकार गरेका छन् ।
घटनाबारे माघ १८ मा पीडितको तर्फबाट प्रहरीमा जाहेरी दर्ता भएको थियो ।आरोपीलाई फागुन १९ मा पक्राउ गरेर १० दिनको म्याद लिएर अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक ज्ञवालीले जानकारी दिए ।








