काठमाडाैं फागुन २०,
राष्ट्रिय सभाका २० जना सदस्यहरूको पदावधि आजबाट सकिँदैछ । बिदा हुनेमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना समेत रहेका छन् ।
बिदा हुन लागेका सांसदमा एमालेबाट तिमिल्सिना, प्रमुख सचेतक भैरवसुन्दर श्रेष्ठ, इन्दु कडरिया, कुमार दसौँदी, दीपा गुरुङ, दिलकुमारी रावल थापा (पार्वती), नरपति लुवार र रामचन्द्र राई छन् । यस्तै विमला राई पौड्यालको पनि आजैदेखि पदावधि सकिदैछ ।
नेपाली कांग्रेसको तर्फबाट राष्ट्रिय सभा संसदीय दलका नेता रमेशजंग रायमाझी, अनिता देवकोटा, प्रकाश पन्थ र जितेन्द्रनारायण देवको पदावधि सकिँदैछ ।
माओवादी केन्द्रबाट विना पोखरेल, महेशकुमार महरा, हरिराम चौधरी तथा एकीकृत समाजवादीका तर्फबाट नन्दा चपाईं, सिंगबहादुर विश्वकर्मा र जसपाकी प्रमिलाकुमारी यादव रहेका छन् । स्वतन्त्र सांसद खिमलाल देवकोटाको पनि यही समयमा पदावधि सकिँदैछ ।
राष्ट्रिय सभा सदस्यको पदावधि छ वर्षको हुने र हरेक दुई वर्षमा एक तिहाई सदस्यको निर्वाचन हुने व्यवस्था छ ।