काठमाडौँ, १६ फागुन
कलाकार पवन खतिवडा ‘म्याकुरी’लाई कुटपिट गरेको आरोपमा शर्मिला वाइबालाई प्रहरीले पक्राउ गरेको छ ।
आज बुधबार वाइबालाई सिन्धुपाल्चोकबाट पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीका अनुसार कलाकार खतिवडाले आफूमाथि कुटपिट भएको भन्दै वाइबाविरुद्ध जाहेरी दिएपछि उनलाई पक्राउ गरिएको हो ।
उनीविरुद्ध कुटपिट तथा अंगभंग सम्बन्धी कसुरमा मुद्दा दर्ता भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले बताए ।








