१५ फागुन, काठमाडौं ।
अर्काको नामबाट घरजग्गा कारोबार गर्ने सुनिलकुमार सिंह सम्पत्ति शुद्धीकरणमा दोषी ठहर भएका छन् ।
न्यायाधीशहरु खुशीप्रसाद थारु, तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले अपहरण तथा शरिर बन्धकको मुद्दामा दोषी ठहर भएका सिंहलाई गलत ढंगले आर्जन गरेको सम्पत्ति लुकाएको आरोपमा दोषी ठहर गरेको हो ।
विशेष अदालतले उनी सहित मीना कार्कीले पनि सम्पत्ति लुकाउन सहयोग गरेको ठहर गरेको छ । उनीहरुले अपराधबाट आर्जन गरेको रकम घरजग्गा खरिदबिक्रीमा लगानी गरेको देखिएको भन्दै कसुरमा संलग्न भएको निष्कर्ष निकालेको हो ।








